२०८० जेठ २४ । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले दुई नम्बर यात्रु गेटबाट नेपाल आउँदै गरेका दाङको राप्ती गाउँपालिका –३ का २२ वर्षीय राजकुमार पुन मगरलाई ४ लाख १७ हजार भारुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले बताए ।
मगरबाट भारतीय रुपैयाँ ५ सयको ७९४ थान र २ सयको थान प्रहरीले बरामद गरेको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।