२०८० असार २५ । माल्टा पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले गोरखाको पालुङटार नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका फुटुङ बस्ने २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । तामाङले सञ्जय गिरीलाई वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिन्छु भन्दै पटक–पटक गरी ५ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको आरोप छ ।