२०८० असार ३० । बागलुङमा एक जना पुरूषको शव फेला परेको छ। गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।
प्रहरीका अनुसार शनिबार बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुन श्रीमतीसँगै गलकोट नगरपालिका–३ हटियामा डेरा गरी बस्दै आएका थिए। पुन मगरले मदिरा सेवन गरेर भिरबाट लडेको हुन सक्ने आशंका गरिएको गलकोट नगरपालिका–५ का वडाअध्यक्ष पवन हमालले बताए। प्रहरी र स्थानीयको रोहवरमा शव परीक्षणका लागि गलकोट नगर अस्पतालमा लगिएको अध्यक्ष हमालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।