२०७८ चैत ११ गते ।नेपालका युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनी ९पीएनजी० सँगको खेलमा कीर्तिमान बनाएका छन् । रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच सय रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका हुन् ।
रोहित पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै एकदिवसीयमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर बनेका हुन् । यो समाचार तयार पार्दासम्म रोहितले ५४ बलमा ५० रन बनाउँदै क्रिजमा छन् । यो रन जोड्दा उनले १६ खेलमा पाँच सय १२ रन बनाएका छन् ।
एकदिवसीयमा नेपालबाट ज्ञानेन्द्रले चार सय ८० रन बनाउँदा पारस खड्काले तीन सय सय १५ रन बनाएका छन् ।