२०७८ चैत ९ गते । रुस र युक्रेनबीच युद्धका क्रममा अरुको देशमा शरण लिन पुगेका युक्रेनी शरणार्थीका लागि रुसकै पत्रकार दिमीत्री मुरातोभले सहयोगको घोषणा गरेका छन् । पत्रकार मुरातोभले आफूले पाएको नोवल शान्ति पुरस्कारको मेडल लिलामीमा राख्ने घोषणा गर्दै लिलामीबाट उठेको रकम युक्रेनी शरणार्थीका लागि उपलब्ध गराउने बताएका हुन् ।
नोभाया ग्याजेट पत्रिका मार्फत आफ्नो इच्छा प्रकट गर्दै उनले आफूले पाएको मेडल थन्काएर राख्नु भन्दा युद्धको मारमा परेका शरणार्थीका लागि आर्थिक सहयोग गर्न चाहेको सार्वजनिक गरेका हुन् । रसियाली पत्रकार दिमीत्री मुरातोभले सन् २०२१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेका थिए ।