६ पुस, २०७७
प्रदेश २ मा केही दिनयता राम्रोसँग घाम लागेको छैन । चिसो हावा चलिरहेको छ । जसका कारण धनुषा , महोतरी र सर्लाही लगायत प्रदेश २ का जिल्लाहरु मा अत्यधिक चिसो बढेको छ ।
चिसोका कारण कमै मानिस घर बाहिर निस्किरहेका छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित छन् । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ । विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुर र विधार्थीलाई गाह्रो भइरहेको छ ।
तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्यांग्रिएर बर्सेनि गरीब, विपन्न, सिमान्तकृत समुदायका मानिसको मृत्यु हुने गरेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणको ज्यान जाने गरेको कतिपयको बुझाइ छ । चिसोबाट बच्न मानिसहरु ठाउँ(ठाउँमा आगो तापेर बसिरहेको देख्न सकिन्छ ।