२०७८ फागुन २१ गते ।रुसले युक्रेनमा गरेको आक्रमण १० औँ दिनमा प्रवेश गरेको छ । युद्धबाट ज्यान जोगाउनका लागि १२ लाख भन्दा बढी सर्वसाधारण युक्रेनबाट बिस्थापित भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोगका अनुसार बिस्थापित भएका मध्ये आधा बन्दा बढीले छिमेकी देश पोल्याण्डमा शरण लिएका छन् ।
गएको बिहीबार ९मार्च ३० सम्मको तथ्यांक अनुसार पोल्याण्डमा ६ लाख ५० हजार युक्रेनीले शरण लिएका छन् । एक लाख ५० हजारजना हंगेरी पुगेका छन् । बाँकी छिमेकी देशहरु माल्डोभा, स्लोभाकिया र रोमानिया गएको शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ ।
आन्तरिक रुपमा पनि धेरै मानिस बिस्थापित भएको छ । शरणार्थीको संख्या अझै बढ्ने र त्यसका लागि ठूलो मानवीय सहायताको खाँचो पर्ने उल्लेख छ । युद्ध जारी रहेमा ४० लाख मानिस बिस्थापित हुने जनाइएको छ ।
यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी माथिल्लो सदन सिनेटलाई सम्बोधन गर्ने भएका छन् । सिनेटले उनलाई सम्बोधनका लागि निम्ता दिएको हो ।
जेलेन्स्की अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको सम्पर्कमा छन् । तर उनले सिनेटसँग उनको पहिलो संवाद हुन लागेको हो । जेलेन्स्कीले अमेरिकी सिनेटलाई जुम मार्फत सम्बोधन गर्ने तयारी रहेको जनाइएको छ ।