२०७८ फागुन २१ गते ।पाकिस्तानको एक मस्जिदमा शक्तिशाली बम विष्फोट हुँदा ५६जनाको ज्यान गएको छ । अन्य १९४ जना घाइते भएका छन्।
शुक्रबार पेशावर सहरस्थित मस्जिदमा प्रार्थना गरिरहेका मानिसहरुलाई लक्षित गरी यो आक्रमण गराइएको हो।
पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार विष्फोटमा परी ५६ जनाको मृत्यु भएको छ भने १९४ जना घाइते भएका छन्।आतंकवादी संगठन आईएसले शुक्रबारको आक्रमणको जिम्मेवारी लिएको छ।
पेशावरका प्रहरी प्रमुख मुहम्मद एजाज खानका अनुसार मस्जिद बाहिर दुई आक्रमणकारीले सुरुमा गोली चलाएका थिए।उक्त आक्रमणमा एक प्रहरी र एक आक्रमणकारीको मृत्यु भएको थियो।
बाँकी आक्रमणकारी मस्जिदभित्र छिरेर आत्मघाती विष्फोट गराएका थिए।यससँगै उक्त क्षेत्रमा आपतकाल घोषणा गरेर अहिले उद्धारको कार्य भइरहेको प्रहरी प्रमुख खानले बताए।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यो आक्रमणको निन्दा गरेका छन्।