२०७८ फागुन १२ गते । रुसले आक्रमण गर्न थालेपछि युक्रेनमा सैन्य कानुन लागू हुने भएको छ ।
रुसले युक्रेनमा क्षेप्यास्त्र प्रहार गरेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य कानुन लागू गर्ने तयारी गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले रुसले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गर्नु भएको छ । तर, रुसले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएका छन् ।