२०७८ फागुन ६ गते ।रुसले युक्रेनमा हमला गर्न ‘बनावटी’ कारण खोजिरहेको अमेरिकाले दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको सैन्य कारबाही तत्कालै सुरु हुन सक्ने समेत बताउनुभएको छ । तर उहाँले कुटनीतिक समाधान अझै सम्भव रहेकोमा जोड दिनुभएको छ ।
अमेरिकी विदेशमन्त्रीले मस्कोले हमलाको औचित्य देखाउन प्रयोग गर्न सक्ने कयौँ कुराको सूची प्रस्तुत गर्नुभएको छ । न्युयोर्कमा राष्ट्रसङ्घीय सुरक्षा परिषदमा बोल्ने क्रममा एन्टोनी ब्लिङ्कनले रुसी हमला कस्तो खाले हुन सक्छ भन्ने स्पष्ट नभएको बताएका बीबीसीले जनाएको छ ।
मस्कोले भने अमेरिकी दाबीलाई आधारहीन रहेको भन्दै अनावश्यक विवाद र तनाव बढाएको आरोप लगाएको छ । बैठकमा रुसी सहायक विदेशमन्त्री सर्गेई भर्सिननले ब्लिङ्कनका विचार डरलाग्दा भएको टिप्पणी गर्नुभएको छ ।