२०७८ माघ २० गते । नेपालमा समुदायस्तरमा ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ ले संक्रमण फैलाएको पाइएको छ ।
अहिले नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको थालेको विश्व स्वास्थ्य संगठनका अधिकारीले बताउँदै आएका छन् । नेपालका जनस्वास्थ्यविदले पनि संक्रमण फैलाउनका लागि ओमिक्रोनको ‘सब भेरियन्ट’ बी.ए २ को ठूलो भूमिका रहेको बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार र्याण्डम स्याम्पलिङ विधिबाट पुस महीनामा कोरोना पोजेटिभ आएका १ हजार १४६ नमूना संकलन गरिएको थियो । त्यसको एसजिन स्त्रिmनिङ गर्दा २५० वटा अर्थात २२ प्रतिशत नमूनामा ‘एसजिन नेगेटिभ’ आयो । एसजिन नेगेटिभ आएका २५० मध्ये २४ नमूनाको जिन सिक्वेन्सिङ गरिएको थियो, सबै नमूनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।
त्यसको झन्डै दुई हप्ताको अन्तरालमा माघ ९ गतेसम्म आइपुग्दै गर्दा जिन सिक्वेन्सिङ गरिएकामध्ये ८८ प्रतिशतमा ओमिक्रोन पुष्टि भएको मन्त्रालयले जनायो । तर, त्यसबेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘एस जिन पोजिटिभ’ आएका नमूनाको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।यसले के प्रष्ट गर्छ भने स्त्रिmनिङ गर्दा ‘एस जिन पोजिटिभ’ आएका नुमना ओमिक्रोनको बी.ए २ हुन् ।