२०८० असार २६ । विश्व जनसंख्या दिवस आज मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसको नारा ‘लैंगिक समानतालाई बनाऔं अपरिहार्य रिवाजः सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ तय गरिएको छ ।
जनसंख्या व्यवस्थापन सम्बन्धी मुद्दामा केन्द्रित रही आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा परेको प्रभावप्रति सजग हुन् जनसंख्याका अन्तर सम्बन्धका बारेमा राजनीतिक इच्छा शक्ति बढाउँदै स्रोत साधन परिचालन गरी उपलब्धिलाई दिगो बनाउने सन्दर्भमा आम जनमानसमा सचेतना फैलाउन प्रत्येक वर्ष जुलाई ११ मा जनसंख्या दिवस मनाइन्छ ।
दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार नेपालको जनसांख्यिक संरचनामा केही फेरबदल आएको बताएका छन् ।