२०८० जेठ २९ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ । देवचुली नगरपालिका–१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका–१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व० का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिए ।
मृतक सुवेदी मध्यविन्दु नगरपालिका–१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक हुन् । अत्यधिक गर्मी भएपछि सुवेदीसहित स्कुलका सातजना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।