२०८० जेठ २४ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नर्सिङ क्वार्टरमा एक जना नर्सका श्रीमान् मृत फेला परेका छन् ।
नर्स नर्वदा शर्माका श्रीमान् दधिराम भण्डारी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालले बताए । उनका अनुसार भण्डारी सरस्वती कलेजमा कार्यरत कर्मचारी हुन् ।
घटनास्थलमा प्रहरी सुसाइड नोट वा अरु केही लिखित वस्तु फेला नपारेको प्रहरी वृत्त, कालीमाटीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । घटनास्थलमा अन्य कुनै सुसाइट नोट फेला नपरेको घटनाबारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।