२०८० जेठ २० । भारतको चार दिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितको टोली नेपाल फर्किँदैछन्।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश मन्त्रायलका राज्यमन्त्री मिनाक्षी लेखीले प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई बिदाइ गरेकी हुन्। राज्यमन्त्री लेखीले नै प्रधानमन्त्री प्रचण्ड लगायतलाई स्वागत गरेकी थिइन्। प्रधानमन्त्री प्रचण्ड नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ६ बजे अवतरण गर्ने सचिवालयले जनाएको छ।
जेठ १७ गते भारत गएका प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, सुरक्षा निकायका अधिकारीहरू, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए। उनले १८ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। त्यसक्रममा भारत र नेपालबीच विभिन्न सम्झौतासमेत भएका छन्।