२०८० जेठ २० । मोरङको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् । जिल्लाको सुन्दरहरैचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मृगौलिया घर भएका ४० वर्षीय मनिल ढकाल जल्दै गरेको अवस्थामा फेला परेका हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा आज बिहान ६ बजेर ५० मिनेटको समयमा भेटिएका थिए । उनी आज बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ । ढकाल सोही विद्यालयको लेखापाल हुन् ।