२०८० जेठ १६ । काठमाडौंमा टिपर र गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका(९ खहरे गोठाटारमा टिपर र निशान गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार राति बा।५ ख ११६० नम्बरको गाडी र ना।८ ख ३५४४ नम्बरको टिपर ठोक्किएको थियो।
उक्त दुर्घटना हुँदा गाडीका चालक रामेछाप मन्थली गाउँपालिका(७ घर भई काठमाडौंको तेजबिनायक बस्ने १९ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको हो।दुर्घटनापछि गम्भीर घाइते भएका माझीको उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका टिपर चालकको पनि सोही अस्पतालमा उपचार भइरेहको छ।