२०८० जेठ १६ । नारायणी नदीमा डुबेर एक किशोरको मूत्यु भएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१ केउरेनीमा १५ का किशोर ढकाल नदीमा डुबेर बेपत्ता भएका थिए ।
सोमबार बेपत्ता भएका ढकाल मंगलबार बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले बताए । मृत अवस्थामा फेला परेका ढकालको शवलाई पोष्टमार्टमका लागि देवचुली नगर अस्पताल, दुम्कौलीमा राखिएको छ । जिल्लामा गर्मी बढेसँगै नारायणी नदी र खहरे खोलामा पौडी खेल्नका लागि जाने सर्वसाधारणको भीड लाग्ने गरेको छ ।