असोज २१ गते । निर्वाचन आयोग नेपालले निर्वाचनमा उम्मेदवार बन्नको लागि चाहिने योग्यता सार्वजनिक गरेको छ ।
आयोगले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि आवश्यक योग्यताका पाँच बुँदा सार्वजनिक गरेको हो ।
प्रस्तुत छ आयोगले सार्वजनिक गरेको उम्मेदवार बन्न चाहिने योग्यता:
क) नेपालको नागरिक
ख) प्रतिनिधि सभा सदस्य निर्वाचनको हकमा कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको र प्रदेश सभा सदस्य निर्वाचनको हकमा सम्बन्धित प्रदेशको कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको
ग) पच्चीस वर्ष उमेर पूरा भएको
घ) कुनै सङ्घीय कानूनले अयोग्य नभएको
ङ) कुनै लाभको पदमा बहाल नरहेको