साउन ४ गते । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मिन विश्वकर्मा मनोनित भएका छन् ।
संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार उनीहरूलाई मनोनित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको सो स्थानमा यादवलाई नियुक्त गरेको हो ।
सचेतक पुष्पा भुसाल भर्खरै मात्र प्रतिनिधिसभाको उपसभामुख भएपछि सो ठाउँमा कांग्रेस केन्द्रीय सदस्य विश्वकर्मालाई मनोनित गरेको हो ।