असार ३१ गते । जनता समाजवादी पार्टीबाट अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौजना नेता पदमुक्त भएका छन् ।
वीरगञ्जमा जारी उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी सदस्यको बैठकले संघीय परिषद् अध्यक्ष डा.भट्टराईसहित नौ जना नेतालाई पदीय जिम्मेबारीबाट हटाउने निर्णय गरेको हो ।
दुई दिनदेखि जारी बैठकले कार्यकारिणी सदस्यहरु डा. भट्टराई, हिसिला यमी, गंगानारायण श्रेष्ठ, रमेश यादव, डम्बर खतिवडा, गोविन्द चौधरी र महिन्द्र राय यादवलाई पदबाट हटाउने निर्णय गरेको हो ।
जसपाका एकजना नेता रकम चेमजोङका अनुसार काठमाडौं भेलामा सहभागी ती नेताहरुलाई पार्टी अनुशासन उलंघन आरोपमा जिम्मेवारीबाट हटाउने निर्णय भएको हो।
अर्का अध्यक्ष उपेन्द्र यादवसँगको विवादले पार्टी विभाजनतिर गइरहँदा डा. भट्टराईले मंगलबार काठमाडौं आफ्नो पक्षको बैठक राखेका थिए।
अल्पमत कार्यकारिणी सदस्यसँगै उक्त बैठकमा अल्पमत केन्द्रीय सदस्य मात्रै सहभागी भएका थिए।