असार २७ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रदेश र संघको निर्वाचन आगामी मंसिर ४ अथवा ५ गते हुने बताएका छन्।
सोमबार ललितपुर क्षेत्र नम्बर–२ मा आयोजित कार्यक्रममा बोल्दै थापाले साउन ४ या ५ गतेको मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्ने र मंसिर ४ या ५ गते चुनाव हुने बताए ।
स्थानीय तहको निर्वाचनमार्फत केही कुरा सिकेर आगामी निर्वाचनमा अझ बढी सचेत भई लाग्न कार्यकर्तालाई उनले निर्देशनसमेत दिए ।
थापाले अब निर्वाचन मिति घोषणा हुन हप्ता दिनमात्र बाँकी रहेकाले मतदाता नामावली संकलनको काममा तीव्र रूपमा लाग्न उनले आफ्ना कार्यकर्तालाई आग्रहसमेत गरे ।