असार २४ गते ।झापासहितका पूर्वी तराईमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रमण बढ्न थालेको छ । यहाँका अस्पतालले यस्ता बिरामीको संख्या दिनहुँ बढिरहेको बताएका छन् ।
दमक अस्पतालका छालारोग विशेषज्ञ डा। गुरु पौडेलले पछिल्लो एक सातामा नाइरोबी किराको एसिडका कारण घाउ भएर करिब तीन सयजना उपचारका लागि आएको बताए । ‘पछिल्लो समय दैनिक ४५–५० जना बिरामी आइरहेका छन् । पहिला मेरोमा दादका बिरामी धेरै आउँथे । तर, अहिले अधिकांश बिरामी नाइरोबी फ्लाईकाकारण घाउ भएका हुने गरेका छन्,’ उनी भन्छन्, ‘नाइरोबी फ्लाईकै कारण हो भनेर यकिन गर्नबायप्सी गर्नुपर्छ । तर, सबै लक्षण मिलेको छ । क्लिनिकल डाइग्नोस्टिकले नै नाइरोबीकै कारण भन्ने पुष्टि हुन्छ ।’
दमक अस्पतालमा मात्र पछिल्लो एक सातामा करिब तीन सय बिरामी यही समस्याका कारण आएका छन् । भारी वर्षापछि यसको फैलावट भएको हुन सक्ने डा। पौडेलको भनाइ छ ।
यस्ता छन् नाइरोबीका लक्षण नाइरोबीका कारण शरीरका जोर्नीहरूमा घाउ देखिएको डा। पौडेलले बताए । ‘आँखा र शरीरको जोर्नीमा समस्या देखिन्छ । शरीरको जुन ठाउँमा किरा थिचिन्छ, त्यहीँ समस्या देखिने हो,’ उनले भने, ‘यो किराले टोक्ने होइन । थिचिएपछि यसबाट कडा एसिड निस्किन्छ । त्यही कारण घाउ हुन्छ ।’किरा बसेको भाग रातो हुने, पोल्ने, फोका उठ्ने, फुट्ने र थप संक्रमण हुने डा। पौडेलले बताए । उनका अनुसार यो किराको संक्रमण तराई, पहाड र हिमाली क्षेत्रसम्म हुन्छ ।यद्यपि, जिल्ला स्वास्थ्य कार्यालय झापाले भने झापामा नाइरोबी किराका कारण हुने संक्रमण नदेखिएको जनाएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले झापामा नाइरोबीका कारण संक्रमण फैलिएको हल्ला निराधार भएको बताए । ‘यो हल्ला मात्र हो । यसको पुष्टि भएको छैन,’ उनले भने, ‘शरीरमा घाउ त देखिएका छन् । तर, प्राविधिक पुष्टि भइसकेको छैन ।’
सिक्किममा सयभन्दा बढी विद्यार्थीमा नाइरोबी फ्लाई संक्रमण भारतको सिक्किममा तीव्र गतिमा फैलिरहेको नाइरोबी फ्लाईको संक्रमणबाट इस्ट सिक्किमका सयभन्दा बढी विद्यार्थी बिरामी परेका छन् । बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने सिक्किमको स्वास्थ्य विभागले जनाएको छ ।
नाइरोबी फ्लाईलाई केन्याली फ्लाई वा ड्र्यागन बगसमेत भन्ने गरिन्छ । पेडेरस एक्सिमियस र पेडेरस सबाइस नामक किराहरू सुन्तला र कालो रंगका हुन्छन् । उच्च वर्षा हुने क्षेत्रमा यो बढी देखिने गर्छ ।
खासगरी बत्तीमा आकर्षित हुने भएकाले साँझपख बढी देखिन्छ । यो वेला सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । नाइरोबीको संक्रमण एक वा दुई सातामा निको हुन्छ । तर, कतिपय अवस्थामा संक्रमण फैलिएर जटिलता निम्तिने जोखिम रहन्छ ।
नाइरोबीको संक्रमण विशेषगरी केन्यामा देखिने गरेको पाइन्छ । यसबाहेक अफ्रिकाका केही मुलुकसँगै भारत, जापान, इजरायल, पाराग्वेमा पनि संक्रमण फैलिएको पाइन्छ ।
हरेक दिन ५० जनासम्म नाइरोबी फ्लाईका संक्रमित बिरामी हेरिरहेको छु स् डा। गुरु पौडेल, छाला तथा यौनरोग विशेषज्ञ
नाइरोबीका कारण शरीरमा घाउ भएका बिरामी दमक अस्पतालमा मात्र दैनिक ४०–५० जना फेला परिरहेका छन् । क्लिनिकल डाइग्नोस्टिकबाट हामीले यही संक्रमण भन्ने पत्ता लगाएका हौँ । नाइरोबी एउटा किरा हो । टोक्ने–चिल्ने गर्दैन ।यसको सिरोमिक फुडले असर गर्ने हो । यो हाम्रो शरीरमा यसै हिँडेर गयो भने पनि केही गर्दैन । यसलाई गाह्रो–साह्रो पर्यो भने वा थिचियो भने यसको फ्युड निस्किन्छ, जसमा कडा केमिकल र एसिड हुन्छ । फ्युड लागेको ठाउँमा तत्काल नै शरीर रातो हुने, फोका आउने, पोल्ने, फोका फुट्ने हुन्छ ।
यसकै कारण क्रिटिकल हुँदैन । तर, छालाको ब्यरियर नष्ट हुँदा अरू ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ । आँखामा फ्युड परे बन्द भइहाल्छ । यो रोग सर्दैन । त्यही फ्लाईको केमिकलले मात्र शरीरमा असर गर्छ । विशेषगरी प्रत्येक वर्ष गर्मीयाम र पानी परेपछि यो किरा बढी देखिन्छ । अघिल्ला वर्षमा यो यति धेरै थिएन ।