जेठ २२ गते । जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबहाक बस पुलबाट तल खसेर दुर्घटना भएको छ ।
आज बिहान करिब ४ः३० बजेतिर रूपन्देहीको रोहिणी नदीमा बस दुर्घटना ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित पुलबाट बस रोहिणी नदीमा खसेको हो ।
लु २ ख ३८४१ नम्बरको बसमा बसमा चालकसहित ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।
घाइतेहरुको उद्धार गरेर प्रहरीले अस्पताल लगेको थियो। बस दुर्घटनामा २४ जना घाइते छन्।
उनीहरूको भैरहवास्थित भीम अस्पताल, सिद्धार्थनगर सिटी अस्पताल तथा युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।
बस रोहिणी नदीमाथिको पुलको बार भाँचेर नदीमा खसेको थियो।
चालक निदाएको कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ।