जेठ १९ गते ।तारा एअरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई बुझाइएको छ । दुर्घटनामा ज्यान गुमाएका सबै २२ जनाको शव मृतकका परिवार आफन्तलाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाको शव त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि आज बिहीवार परिवारलाई बुझाइएको हो । हिजो बुधवार राति पोस्टमार्टम सकिएका २२ वटै शवको कागजी प्रक्रिया मिलाएर आज दिउँसो मृतकका परिवालाई शव हस्तान्तरण गरिएको हो ।
गएको आइतवार पोखराबाट उडेको ट्विनअटर विमान सोमवार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । विमानमा चालक दलका तीन सदस्य, १३ नेपाली नागरिक, चार भारतीय नागरिक र दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।