सरकारले चकलेटमा लगाउने कर थप गरेको छ । ४० प्रतिशत भन्सार दर रहेको चकलेटमा सरकारले १० प्रतिशत अन्तःशुल्क बढाएको छ ।
यसअघि ५ प्रतिशत रहेको चकलेटमा १५ प्रतिशत अन्तःशुल्क कायम गरेको छ । आर्थिक विधेयक २०७९ले चकलेटमा लाग्ने कर थप बढाएकाले अब विदेशबाट आयात हुने मात्रै होइन, स्वदेशमै उत्पादन हुने चकलेटहरु पनि महँगिने भएका छन् ।