चैत ३० गते ।इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा साविक विजेता चेन्नई सुपर किङ्सले पहिलो जित निकालेको छ । मुम्बईमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो जित निकालेको हो ।
चेन्नईले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो । बैंगलोरका शहबाज अहमेदले ४१, सुयश प्रभुदेशाई र दिनेश कार्तिकले समान ३४ रन जोडे । चेन्नईका महेश थिक्सनाले ४ तथा रविन्द्र जडेजाले ३ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो । चेन्नईका शिबम दुबेले अविजित ९५ रनको अर्धशतकीय पारी खेले । यस्तै रोबिन उथप्पाले ८८ रन जोडे । बैंगलोरका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा जोश हाजलउडले १ विकेट लिए । चेन्नईले पाँचौं खेलमा पहिलो जितसहित दुई अंक जोडेको छ । बैंगलोरको ५ खेलमा ६ अंक छ ।