चैत २५ गते ।लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार राती दिल्ली क्यापिटल्सलाई ६ विकेले पराजित गरेको छ । आईपीएलको नयाँ टिम लखनउले यस सिजन उत्कृष्ट प्रदर्शन कायम राख्दै ४ मध्ये तेस्रो खेल जितेको हो ।
मुम्बईमा भएको खेलमा दिल्लीले दिएको १५० रनको लक्ष्य लखनउले दुई बल अगावै ४ विकेट गुमाएर पूरा गर्यो ।लखनउको जितमा ओपनर क्विन्टन डी ककले सर्वाधिक ८० रन बनाए । ५२ बल खेलेका उनले ९ चौका र २ छक्का प्रहार गरे । कप्तान केएल राहुलले २४ रन बनाए भने क्रुनाल पाण्ड्या १९ र आयुष बदोनी १० रनमा अविजित रहे ।
लखनउका रवि बिशोइले दुई तथा कृष्णपा गोथामले एक विकेट लिए । जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली तीन खेलमा दुई अङ्क जोडेर सातौँ स्थानमा छ ।