२०७८ चैत १८ गते। नेपालमा भइरहेको त्रिदेशीय टी–२० शृङ्खलामा मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई एक सय ९७ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा आज शुक्रवार टस हारेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनायो । मलेसियाका लागि सइद अजिजले ६४, कप्तान अहमद फैजले ६३ र जुबैदी जुलकिफ्लेले ४६ रन बनाए । बलिङतर्फ पीएनजीका कबुआ मोरेले चार विकेट लिए ।
मलेसिया यो खेलमा विजयी भएमा चार अङ्कसहित फाइनलमा पुग्नेछ । मलेसियाले यो खेल हारे पनि भोलि शनिवार हुने अन्तिम खेलमा नेपाललाई हराए पनि फाइनलमा पुग्नेछ । पीएनजीलाई भने फाइनलमा पुग्न सहज छैन । आजको खेलमा मलेसियालाई ठूलो अन्तरले हराएर मात्र पुग्दैन, भोलि नेपालसँगको खेलमा मलेसियाले ठूलो अन्तरले हारेको अवस्थामा नेट रननेटको आधारमा पीएनजी फाइनलमा पुग्न सक्छ । पीएनजी अहिलेसम्म जीतविहीन छ ।
नेपालले भने यसअघि नै लगातार तीन खेल जित्दै फाइनलमा पुगिसकेको छ ।