२०७८ फागुन १२ गते । बारामा प्रहरीको गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको सनाखत भने भएको छैन ।
प्रहरीका अनुसार बुधबार राति ११ बजेतिर सिम्रौनगढ( महुवाहीमा लागुऔषध गाँजा तस्करसँग दोहोरो फायरिंग भएको थियो । सोही क्रममा गम्भीर घाइते भएका एक जनाको कलैया अस्पतालमा उपचारको क्रममा राति पौने २ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।‘राति गाँजा तस्करसँग जम्काभेट भयो, उनीहरूले फायरिंग गरेपछि प्रहरीले जवाफी फायरिंग गरेर दुईजनालाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘ एक जनाको कलैया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।’
भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने वर्ष ४० को हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार महुवाहीमा लागुऔषध ७५ किलो गाँजा पाँच वटा जुटको बोरामा ७र८ जना मानिसहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै थिए ।