फागुन ९ गते ।
आइसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडाको सामना गर्दैछ।
सोमबार ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे खेल सुरु हुनेछ।
नेपालले छनोटअन्तर्गत यसअघिका दुवै खेल जिति सकेकोछ । पहिलो खेलमा घरेलु टोली ओमानलाई ३९ रनले र दोस्रो फिलिपिन्सलाई १३८ रनले पराजित गरेको थयो ।
ग्लोबल छनोटको समूह ‘बी’ मा नेपाल चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै दुई अंक सहित क्यानडा दोस्रो र समान अंक रहे पनि रनरेटका आधारमा ओमान तेस्रो स्थानमा छ। अंकविहीन फिलिपिन्स समूहको पुछारमा छ।
आजको खेलमा नेपाल जिते नेपाल सेमिफाइलनमा समूह ‘ए’ को उपविजेतासँग खेल्नेछ। सेमिफाइनल जीत निकाले नेपाल छनोटको फाइनलसँगै अस्ट्रेलियामा अक्टोबरदेखि हुने टी–२० विश्वकपमा छनोटमा हुनेछ।