३ पुस, २०७७
सप्तरीको राजविराज नगरपालिका वडा न. –१६ बोरिमा आज विहान विद्युत सर्ट भएर आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ ।
अचानक गाइको गोठमा आगलागी हुदा गोठमा सुतिरहेका अवस्थामा ८५ वर्षीय झलाही यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मृतकको शवको मुचुल्का गरी पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनाराण सिंह अस्पताल पठाइएर घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको सप्तरीका डिएसपी एव प्रबक्ता भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् ।
सोही आगोबाट घरमा रहेको करिब एक लाख रुपैयाँ भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ । यता आगो स्थानीय प्रहरी, राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयवासिन्दाको सहयोगमा झन्डै दुई घण्टापछि नियन्त्रणमा लिइएको डिएसपी साहले बताए ।