२ पुस ,२०७७
रामजानकी विवाहपञ्चमीको आज चौथो दिन जनकपुरमा बिधि पुर्बक तिल्कोत्सव मनाइँदै छ ।
आज तिल्कोत्सव गर्ने कार्यक्रम रहेको महन्त रामतपेश्वर दासले जानकारी दिए । त्रेता युगमा राजा जनक र भगवान् रामका बुवा दशरथले अंकमाल गरेको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइन्छ ।
उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरस्थित तिलकोत्सव मनाइने छ, जहाँ जानकी मन्दिरका महन्थ देवी जानकीको बुवा र राम मन्दिरका महन्थ भगवान् रामको बुवाको रुपमा अंकमाल गर्नेछन् । जसलाई मिथिलाञ्चलमा सम्धी मिलन भनिन्छ ।
विवाहपञ्चमीको पहिलो दिन सोमाबार नगरदर्शन , दोश्रो दिन मंगलबार फुलबारी लिला र तेश्रो दिन बुधबार धनुष यज्ञ सम्पन्न भइसकेको छ ।
त्यस्तै पाचौ दिन पुस ३ गते शुक्रबार राम र जानकीको मटकोर रहेको छ भने पुस ४ गते शनिबार विवाहपञ्चमीको मुख्यदिन विवाह रहेको छ । पुस ५ गते आइतबार रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने महन्त दासले बताए ।
त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसंग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ । तर यसपाली कोरोना भाइरसको कारणले विवाहपञ्चमी महोत्सवका सप्ताहव्यापी कार्यक्रमहरु धुमधामसंग मनाउन सकेको छैन ।