२०७८ माघ ७ गते । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोमन मधेश प्रदेशशमा पनि देखिएको छ ।५ सय २७ जनाको परिक्षण गरिएकोमा १४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजय झाले जानकारी दिए ।
मधेश प्रदेशमा केहि दिन देखि कोरोना संक्रमनको दर बढेको छ । यहाँ दिनहुँ सयौँको संख्यामा कोरोना संक्रमित थपिदै गएका छन् । संक्रमण दर बढेपनि सर्वसाधारणले भने हेलचक्राई गरिनै रहेका छन् ।
बिहिवार प्रदेशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ७ जनामा कोरोना संक्रमण देखिएको थियो । प्रदेशमा १ हजार २ सय ११ जना कोरोनाको सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांक छ