२०७८ माघ ४ गते । होटल व्यवसायीहरुले सांसदहरुलाई जनकपुरधाममा विशेष छुट दिने भएका छन्। प्रदेश २ को स्थायी राजधानी र नामका लागि भएको छलफलको क्रममा सांसदहरुले जनकपुरधाम महँगो भएको टिप्पणी गरेका थिए।
सोमबार जनकपुरधाम उद्योग वाणिज्य संघ, होटल एशोसिएन नेपाल र होटल व्यवसायी तथा पर्यटन संघ धनुषाले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै सांसदहरुले बोलेजस्तो जनकपुरधाम महँगो नभएको दावी गरे।
प्रदेशको स्थायी राजधानी भइसकेको जनकपुरधाममा होटलहरूमा सांसदहरुलाई लजिङमा २५ प्रतिशत र खानामा १० प्रतिशत छुट दिने होटल एशोसिएन नेपाल प्रदेश २ का अध्यक्ष विजय झुनझुनवालाले बताए।
होटल सिताशरण, वेलकम, मानकी, सिटी पार्क, राजदरबार, रामजानकी, अन्नपूर्णा, सिता प्यालेश, वृन्दाव, शुभम्, राजघराना, आन्नद, सिटी स्टार, रामा तथा पर्फेक्ट होटलमा छुट दिइने जनाइएको छ।