२ मङ्सिर,काठमाडौं
नेपाल प्रहरीले ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका-११ कपनस्थित समरोज थापामगरको कोठामा नक्कली पैसा छाप्नका लागि रङ्गीन प्रिन्ट गरिरहेको अवस्थामा पाँचजनालाई बुधबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ की ५६ वर्षीया गोमा श्रेष्ठ, सोही ठाउँकी ४१ वर्षीया पुष्पा थापामगर, रामेछाप सिरुवारी गाउँपालिका-२ का २६ वर्षीय समरोज थापामगर, सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ का १९ वर्षीय चिरञ्जीवी जोती र सोही ठाउँका २३ वर्षीय सुजन जोती रहेका छन् ।
महानगरीय प्रहरी परसिर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोकर्णेश्वर नगरपालकिा(७ दक्षणिढोकामा नक्कली पैसा लएिर सामान खरदि गर्दै हँिडरिहेको अवस्थामा गोमा श्रेष्ठलाई शङ्कास्पद अवस्थामा फेला पारेर खानतलासी गर्दा नक्कली नोटसहति पक्राउ गरएिको जानकारी दएि । “पक्राउ गोमा श्रेष्ठसँग गरएिको अनुसन्धानका क्रममा थप चारजनालाई नक्कली पैसा छाप्न प्रयोग गरनिे मेसनिसहति नयिन्त्रणमा लएिका हौँ”, प्रवक्ता बस्नेतले भने ।
प्रहरीले पक्राउ परेकासँग सक्कलीजस्तो देखनिे नक्कली नोट ६५ हजार ३३५, नक्कली नोट बनाउन प्रयोग गरनिे प्रन्टिर मेसनि, कागज, कागज टाँस्न प्रयोग गरनिे फेवकिल दुई थान, कप्यिाड मोबाइल एक थान, स्क्रनिटज मोबाइल एक थान, लालीगुँरास छाप भएको छाप एक थान, कागज काट्न प्रयोग गरनिे कैँची एक थान बरामद गरेको छ ।