असोज,१९
रागिनी पण्डित
काठमाडौं– प्रतिनिधिसभाको बैठक मंगलबार बस्दै छ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ। एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ।