पुस २७ गते । मधेश सरकारले माघ ३ गते स्वाभिमान दिवस मनाउने भएको छ । माघ ३ गतेको दिनलाईस्वाभिमान दिवस मनाउने बिहीबार बसेको मन्त्री परिषदले निषर्णय गरेको हो
३ माघ २०७८ मा गतेकै दिन तत्कालिन ‘प्रदेश नं। २’ को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो । त्यस दिनलाई स्वाभिमान दिवसको रुपमा मानउने निर्णय भएको मधेश सरकारका प्रवक्ता समेत रहेका गृह संचार तथा कानुन मन्त्री मोहम्मद समिमले जानकारी दिए ।
त्यस्तै माघ ५ गते मधेश सरकारले बलिदानी दिवस मनाउने र त्यस अवसरमा मधेश आन्दोलनका सहित परिवार र घाइतेलाई आर्थिक सहयोग पनि गर्ने निर्णय भएको मन्त्री समिमले बताए ।