पुस १९ गते । आज जानकी मन्दिरले ११ सय कोसेली (भार) भारत उत्तर प्रदेशको अयोध्यामा नवनिमित राम मन्दिरको प्राण प्रतिष्ठामा पठाउँदै छ । जनकपुरधामबाट सयौंको संख्यामा भारसहित जनकपुरधामको परिक्रमा गर्दै त्यस तर्फ प्रस्थान गर्न लागेको हो ।
मिथिलाञ्चलमा छोरीको ससुरालमा घरबास भए माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राममन्दिरको प्राण प्रतिष्ठा ९घरबास०मा सीताको माइतीघरबाट कोसेली लग्न लागिएको हो ।
कोसेलीमा ठेकुवा, भुसुवा, खाजा, मिठाई, खजुरिया फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्होजस्ता सामग्री अयोध्या पुर्याउने कार्यक्रम रहेको छ ।
केहीबेरमा भार हुलाकी सडक हुँदै महोत्तरीको जलेश्वर, मलंगवा, गौर, कलैया हुँदै विरगंजमा रात्री बास बस्ने छ । भोलि (शुक्रबार) बिहान सीमापारी रक्सौल हुँदै बेतिया, गोरखपुर र अन्तिममा अयोध्या पुग्ने जानकी मन्दिरका छोटे महन्थ रामरोशन दासले बताए ।
उनका अनुसार शनिबार बिहान ९ बजे राम जन्म भूमि ट्रष्टलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भार लिएर जाने टोलि जनकपुरधाम फर्किने छ । भारसहित जनकपुरधामका मेयर मनोज साहसहित संयौंको संख्यामा श्रद्धालुहरु अयोध्या जान लागेका छन् ।