पुस १३ गते । प्रहरीले शुक्रबार करणी सम्बन्धी मुद्दामा फरार रहँदै आएका एक जना प्रतिबादीलाई पर्साबाट पक्राउ गरेको छ। प्रहरीले पर्सागढी नगरपालिका–७ रघुनाथपुर बस्ने २० वर्षीय देवनरायण महरा चमारलाई पक्राउ गरेको हो।
परिवर्तित नाम ३४ जिल्ला ०८०/०८१ ९ प. १ ० को जाहेरीले वादी नेपाल सरकार करणीसम्बन्धी चालु मुद्दाको फरार प्रतिवादी चमारलाई इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानबाट पक्राउ गरेको हो।
पक्राउ परेका चमारलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए।