भदौ २५ गते । महोत्तरीको सोनमा गाउँपालिकामा भएको घट्नाका आरोपमा प्रहरीले पुर्वअध्यक्ष सहित दश जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
पूर्व अध्यक्ष राजकुमार यादव, वडा नं. १ का वडाध्यक्ष अशोक यादवसहित दश जना विरुद्ध मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीकाअनुसार उनीहरु विरुद्ध आपराधिक प्रवेश र आपराधिक उपद्रव सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।
मुद्दा दर्ता गरिएका मध्ये सोनमा १ का रामप्रसाद पासवान, उपेन्द्रकुमार साह, राकेश राम, नैजामुद्दीन अन्सारी, महेशकुमार, राम केबल राय र वडा नं. २ का ललिन्द्र यादवसमेत ७ जनालाई प्रहरीले घटना स्थलबाटै नियन्त्रणमा लिई सकेको छ ।
पूर्व गाउँपालिका अध्यक्ष राजकुमार यादव, वडाध्यक्ष अशोक यादव र वडा नं. १ का शैलेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।