२०८० जेठ २९ । यस बर्षको मनसुन बंगलादेश, भारत हुँदै भुटान सम्म आइपुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन आउन केहि दिन लाग्ने भएको छ । नेपालको पूर्वी भूभाग कोशी प्रदेशमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको छ ।
‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो, हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भूभाग, बङ्गलादेश र भुटानसम्म आईपुगेको छ, नेपालको पूर्वी भूभाग कोशी प्रदेशमा मनसुन भित्रन अझै केही दिन लाग्ने देखिएको छ,’ महाशाखाद्वारा जारी विशेष मौसम बुलेटिनमा भनिएको छ ।
महाशाखाले यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने जानकारी दिएको छ । हाल देशका केहि क्षेत्रमा सामान्यतया केहि क्षेत्रमा छिटफुट बर्षा भइरहेको छ । बर्षा सुरु भए संगै देशैभर बढेको गर्मी कम हुँदै जाने बताइएको छ ।