२०८० जेठ २१ । भारतीय माओवादीका नेता कट्टम सुदर्शनको निधन भएको छ । सङ्गठन केन्द्रीय कमिटी र पोलिटब्युरो सदस्य सुदर्शनको हृदयाघातका कारण निधन भएको हो ।
केन्द्रीय कमिटीका प्रवक्ता अभयले विज्ञप्ति जारी गर्दै सुदर्शनको निधन भएको पुष्टि गरेका हुन् । उनीमाथि १ करोड ५५ लाख भारु इनाम तोकिएको थियो । सिपिआई माओवादीको दोस्रो तहको हैसियत राख्ने कट्टम सुदर्शन माओवादी सङ्गठनमा आनन्द, भास्कर, मोहन, वीरेन्द्र, मोहन टेकाम, सुदर्शन, रमेश, महेश र एएनको नामबाट पनि चिनिन्थे ।
तेलंगानाको आदिलाबादमा बस्ने ६६ वर्षीय सुदर्शनमाथि देशको विभिन्न देशमा भएको माओवादी हमलामा समावेश भएको आरोप छ । प्रहरीका अनुसार सन् १९७४ मा माओवादी आन्दोलनमा सक्रिय उनीमाथि छत्तीसगढमा भाजपा विधायक भिमा मंडावीको हत्यामा समावेश भएको आरोप पनि छ ।