जेठ ७ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र कैलालीको मोहन्याल गाउँपालिकाको जिरागाडीस्थित कर्णाली नदीमा डुंगा पल्टिएको छ । आइतबार दिउँसो करिब ३ बजेतिर डुंगा पल्टिएको हो ।
चालकसहित चार जना चढेको डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुर्खेतको बराहताल गाउँपालिका–५चेपाङका अन्दाजी ३० वर्षीय उमेश विक रहेका छन् । जिरागाडी चौकुने गाउँपालिका–५ अन्तर्गत पर्ने कर्णाली नदी किनार हो । सोही डुंगामा पहिलो चरणमा नदी तरेका बराहताल– १० का वीर बहादुर सुनारका अनुसार चालकलाई २–२ जना गरेर तराउभन्दा पनि नमानेर चार जनालाई नै एकै पटक चार जनालाई चढाएका थिए । ‘चालकसहित चार जनालाई पौडी खेलेर बच्न सफल भइसके,’ उनले भने,‘एक जना मात्रै बेपत्ता हुनुभयो ।’ घटना स्थलमा २ जना प्रहरी पुगेपनि कुनै पत्तो नलागेपछि उनीहरु फर्किसकेको उनको भनाई छ ।