कात्तिक १५ गते ‘। बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा मंगलबारदेखि थुनछेक बहस हुँदैछ।
सोमबार काठमाडौँ जिल्ला अदालतमा लामिछानेविरुद्ध सरकारी वकिलले मुद्दा दर्ता गरेका थिए। हिजो अभियोगपत्र दायर गरिएपछि आजबाट थुनछेक बहस सुरु हुने भएको हो।
प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो।
सन्दीपलाई १७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो।
उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो।