साउन ४, २०७८
एमाले नेताहरुले सांसद भीम रावललाई घोषित राजीनामा फिर्ता लिन दबाब दिएका छन्।
अध्यक्ष केपी शर्मा ओलीका साथै पार्टीका अरु नेताहरुले पनि उनलाई आइतबार बुझाएको राजीनामा फिर्ता लिन आग्रह गरेका हुन्।
सांसद डा। भीम रावललाई सांसद पदबाट राजीनामा दिन गरेको घोषणा फिर्ता लिन ओलीले सोमबार बसेको आफू पक्षीय केन्द्रीय कमिटिको बैठकमा गरेका हुन्।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषय पार्टीभित्रको आफ्नै समूहमा मतभेद भएपछि रावलले राजीनामा दिने निर्णय गरेका थिए। मिडियालाई जानकारी गराएर सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा पत्र बुझाएका थिए।
तर उनको राजीनामा पत्रबारे सभामुख सापकोटा र संसद सचिवालयले कुनै जानकारी गराएको छैन। रावलले राजीनामा पत्र बुझाए पनि त्यसलाई फिर्ता गराउने पक्षमा उनकै पार्टीका नेताहरु लागेका छन्।
आवेशमा आएर राजीनामा दिएकाले त्यसलाई रोक्नुपर्ने भन्दै एमालेका सांसदहरुले सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएका छन्।आइतबार पनि नेता सुरेन्द्र पाण्डे, झपड रावललगायतले अन्तिम समयसम्म रोक्ने प्रयास गरेका थिए।