साउन ४, २०७८
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज सोमवार प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर कुराकानी गर्नुभएको छ ।
प्रधानमन्त्री देउवालाई हिजो सोमवार बधाई दिनुभएका मोदीले आज फोनमा कुराकानी गरेर आउँदो दिनको सहकार्य र कोरोना महामारीविरुद्ध संयुक्त रूपमा लड्ने कुरा भएको भारतीय प्रधानमन्त्री मोदीले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई छिट्टै कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने आश्वासन पनि दिनुभएको छ । टेलिफोन कुराकानीका क्रममा मोदीले नेपाललाई छिट्टै कोरोना खोपको आपूर्ति गर्ने आश्वासन दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री देउवाले पनि टेलिफोन कुराकारनीमा भारतीय प्रधानमन्त्री मोदीले छिट्टै कोरोना खोप दिने आश्वासन दिनुभएको ट्विटरमार्फत जानकारी दिनुभएको छ ।दुवै प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गर्नुभएको मन्त्रालयले जनाएको छ ।