भदौ १६ गते ।नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् ।
एक वर्षमा नै मार्जिन प्रकृतिको सेयर धितो कर्जा २४.२५ प्रतिशत अर्थात् २५ अर्ब ७७ करोडले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
आर्थिक वर्ष २०७७/७८ को असार मसान्तमा १ खर्ब ६ अर्ब २८ करोड रहेको मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७८/७९ को अन्तिममा आउँदा ८० अर्ब ५० करोड ८० लाखमा झरेको छ ।
२०७७ असारमा ५० अर्ब ४१ करोड रहेको यस्तो कर्जा आर्थिक वर्ष २०७७/७८ मा शतप्रतिशत भन्दा बढीले वृद्धि भएको थियो । कोभिडसँगै बैंकिङ प्रणालीमा भएको अधिक तरलताले लगानीको अन्य विकल्प नभएर सेयरमा लगानी बढाएका बैंकहरुले राष्ट्र बैंकको कडाइसँगै त्यसलाई घटाउँदै लगेका हुन् ।