साउन ३० गते ।आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे प्रारम्भिक छलफल सुरू गरेको छ ।
सिंहदरवारमा सोमबार गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सुरक्षा योजनाबारे आवश्यक छलफल सुरु भएको हो ।
चार वटै सुरक्षा निकायका प्रमुखहरुसहित बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा सो निर्वाचनको सुरक्षा तयारीबारे प्रारम्भिक छलफल सुरु गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
सो निर्वाचनमा जनशक्ति कति चाहिन्छ ? त्यसका चुनौतिहरु के–के हुन रु त्यसलाई आँकलन गरेर निर्वाचन सुरक्षा योजना बनाउनुपर्ने भएकाले बैठक सोही विषयमा केन्द्रित रहेको उनले बताए ।
बैठकमा गहसचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरण शर्मा, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीसहितका सुरक्षा अधिकारीहरु सहभागी थिए ।