साउन ११ गते ।फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।स्थानीय समयअनुसार बुधवार बिहान ८ बजेर ४३ मिनेट जाँदा आब्राको हिमाली क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको यूएस जियोलजिकल सर्भेले जनाएको छ ।
भूकम्पबाट अहिलेसम्म के कति क्षति भयो भन्ने विवरण आइनसकेको फिलिपिनो टाइम्सले उल्लेख गरेको छ ।
भूकम्प महसुस गरे पनि सुनामी आउन सक्ने सम्भावना नरहेको बताइएको छ ।
आब्रा प्रदेशमा रहेको एक अस्पतालको केही भाग भूकम्पले भत्काएपछि हाललाई अस्पताल सारिएको छ ।
अस्पतालमा ठूलो क्षति नभएको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।